खेलकूद

प्रिमियर लीग फूटबलमा उल्फ्स विजयी

हिमालय टिभी
२०७७ चैत २८ गते ७:४०
प्रिमियर लीग फूटबलमा उल्फ्स विजयी

२८ चैत २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा उल्फ्स विजयी भएको छ ।

प्रिमियर लीग अन्तर्गत गएराति उल्फ्सले रेलिगेशन जोनको फुलह्याममाथि १० गोलको जित निकालेको हो । अवे मैदानमा उल्फ्सले खेलको अन्तिम समयमा गोल गरेको थियो ।

अतिरिक्त समयमा अर्थात ९२औं मिनेटमा उल्फ्सका एडामा ट्राओरेले गोल गरेका थिए । जितपछि १२औं स्थानको उल्फ्सले ३१ खेलबाट ३८ अंक जोडेको छ । शीर्ष स्थानको म्यानचेष्टर सिटीको ३१ खेलबाट ७४ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्