समाज

वन-जंगल जोगाउन ४० वर्षदेखि फेरी लगाउँदै र बिगुल फुक्दै एक अभियन्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २८ गते ६:१३
वन-जंगल जोगाउन ४० वर्षदेखि फेरी लगाउँदै र बिगुल फुक्दै एक अभियन्ता (भिडियो रिपोर्टसहित)

२८ चैत २०७७ काठमाडौं । पछिल्लो समय देशभर फैलिएको डढेलोका कारण वायुप्रदुषण बढेको छ । सामान्य मानवीय गल्तीले वनजंगलमा डढेलो लाग्ने भएपनि कतिपय व्यक्तिले त जानीबुझी पनि आगो लगाउने गरेका छन् । तर धादिङका एक अभियन्ता भने वनजंगलमा आगो लाग्नबाट जोगाउन विगत ४० वर्ष देखि फेरि लगाउँदै र बिगुल फुक्दै हिडनुभएको छ ।

उहाँ हुनुहुन्छ, धादिङ्गका भूमिरमण नेपाल । उहाँ वन जंगल जोगाउनका लागि जनचेतना जगाउँदै यसरी बिगुल बजाउँदै हुनुहुन्छ ।

नेपालले जंगल जोगाउन हरेक वर्ष सुख्खा मौसममा यसरी बिगुल बजाउने गरेको चार दशक भयो

सामान्यतया घर, समुदायको सुरक्षा हुने विश्वासमा फेरी लगाउने चलन छ । अभियन्ता नेपालले भने वनजंगल र वातावरण जोगाउन भन्दै बिगुल बजाउने गर्नुभएको छ। उहाँले पहिला पहिला जोगीले जस्तै नाद फुकेर फेरी लगाउने गर्नु भएको थियो । तर पछि नादको ठाउँमा बिगुल बजाउने गर्नुभएको छ ।

नेपालले शुरु गरेको अभियानमा स्वास्थ्य सरसफाई देखि पानीको मुहान संरक्षण गर्ने सम्मका विषय समेटिएका छन् । उहाँ फेरी मात्र लगाउनु हुन्न ।

डेढलोबाट जोगाउने पूर्वतयारीका क्रममा वनमा अग्नि रेखा बनाउन पनि खटिनु हुन्छ । समुदायलाई प्रेरित गर्नुहुन्छ । काठ तस्करी हुन थाले विगुल फुकेर तत्काल गाउँलेलाई खबर गर्नुहुन्छ । यसमा गाउँलेको साथ पाउँदा उहाँलाई सन्तुष्टि मिलेको छ ।

अभियन्ता नेपाललाइ अनुसरण गर्दै जिल्लाका अन्य स्थानमा पनि यस्तै अभियान थालिएको छ ।

चुरोटको ठूटो ननिभाई फाल्ने, खुल्ला ठाउँमा बालेको आगो राम्रोसँग ननिभाउने र केटाकेटीले आगो खेल्ने लगायतका सामान्य त्रुटीका कारण डढेलो र आगलागी हुने गरेको छ । वन जोगाउने नेपालको अभियानमा गाउँलेले पनि साथ दिएका छन् ।

बन जोगाउने अभियानमा गाउँलेको साथ छ । तर सरकारले भने साथ नदिएको अभियन्ता नेपालको गुनासो छ ।

अहिले मुलुकभर डढेलोको प्रकोप देखिएको छ । जनचेतनाको अभावले पनि डढेलो बढाउन मद्धत गरेको छ । सचेतना जगाउने भूमिरमण जस्ता अभियन्तालाई प्रोत्साहन दिनु सबैको कर्तव्य हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *