आर्थिक

दश प्रकारका तरकारी र फलफूलमा विषादीको अधिकता सीमा तोकियो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २७ गते १४:३९
दश प्रकारका तरकारी र फलफूलमा विषादीको अधिकता सीमा तोकियो (भिडियो रिपोर्टसहित)

२७ चैत २०७७ काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पहिलो पटक १० प्रकारका तरकारी र फलफूलमा विषादीको अधिकतम् सीमा तोकेको छ ।

स्याउ, केरा, करेला, भान्टा, बन्दा, काउली, भिन्डी, आलु, टमाटर र चियामा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा तोकिएको हो ।

गुणस्तर निर्धारण आदेश मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि राजपत्रमा सूचना प्रकाशित भएर कार्यान्वयनमा आएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभयो । नयाँ मापदण्डले आयातित र स्वदेशी तरकारी तथा फलफूललाई समेट्ने उहाँको भनाइ छ ।

नयाँ मापदण्डअनुसार केरामा ४२, स्याउमा २७, भन्टामा २१, करेलामा १, बन्दामा ३५ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा तोकिएको छ । यस्तै आलुमा ७१, काउलीमा १३, भिण्डीमा ३ र गोलभेंडामा ७४ तथा चियामा १९ वटा अवशेषको अधिकतम सीमा निर्धारण भएको छ ।

तोकिएको सीमाभन्दा बढी मात्रामा विषादी प्रयोग गरेको पाइए खाद्य ऐन अनुसार कारबाही हुने विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *