खेलकूद

आईपीएल क्रिकेट आजदेखि शुरु हुँदै, उद्घाटन खेलमा मुम्बई र बेङ्लोर भिड्दै

हिमालय टिभी
२०७७ चैत २७ गते ९:१२
आईपीएल क्रिकेट आजदेखि शुरु हुँदै, उद्घाटन खेलमा मुम्बई र बेङ्लोर भिड्दै

२७ चैत २०७७ काठमाडौं । विश्वको सबैभन्दा महंगो क्रिकेट लीग इण्डियन प्रिमियर लिग आजबाट शुरु हुँदैछ ।

चेन्नईमा हुने उदघाटन खेलमा साविक विजेता मुम्बई इण्डियन्स र रोयल चेलेन्जेर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ ।

गएको वर्ष बेंग्लोर प्लेअफ पुगेर पनि फाइनल पुग्न सकेको थिएन । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोरमा उत्कृष्ट खेलाडीहरू छन् ।

दुबै टोली जित हात पार्दै सुखद् शुरुवात गर्ने योजनाका साथ मैदानमा उत्रने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्