खेलकूद

युरोपा लीगमा म्यानचेस्टर युनाइटेडले सहज जीत

हिमालय टिभी
२०७७ चैत २७ गते ८:३०
युरोपा लीगमा म्यानचेस्टर युनाइटेडले सहज जीत

२७ चैत २०७७ काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले सहज जीत निकालेको छ ।

गए राति ग्रानडाको मैदानमा भएको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले ग्रानडालाई २–० ले हराएको हो । म्यान्युको जीतमा खेलको ३१ औं मिनेटमा रासफोर्ड र ९० औं मुनेटमा ब्रसनो फर्नान्डेजले गोल गरे ।

फरनान्डेजले पेनाल्टीमा गोल गरेका हुन् । दोस्रो लेग आगामी बिहिबार म्यानचेस्टर युनाइटेडको मैदानमा हुने छ ।

गए राति नै भएको अर्को खेलमा भने आर्सनल स्लाभिया प्रागसँग बराबरीमा रोकिएको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनल चेक गणतन्त्रको क्लब स्लाभिया प्रागसँग १–१ को बराबरीमा रोकिएको हो ।

८६ औँ मिनेटमा निकोलास पेपेले गोल गरि आर्सनललाई अग्रता दिलाएका थिए । तर इन्जुरी समयको ९३ औँ मिनेटमा प्रागका लागि थोमस होलेसले बराबरी गोल गरेका हुन् ।

दोस्रो लेग प्रागको मैदानमा आउँदो बिहीबार हुनेछ । यस्तै रोमाले अजाक्सलाई २–१ तथा भिल्लारियलले डिनामो जाग्रेबलाई १–० ले पराजित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्