खेलकूद

पुलिसलाई हराउँदै अफ्रिकन रुट फाइनलमा, उपाधिका लागि शनिबार संकटासँग भिड्ने

हिमालय टिभी
२०७७ चैत २६ गते १८:१६
पुलिसलाई हराउँदै अफ्रिकन रुट फाइनलमा, उपाधिका लागि शनिबार संकटासँग भिड्ने

२६ चैत २०७७ पोखरा । पाहुना टोली अफ्रिकन रुट एसोसिएसन पोखरामा जारी १९ औ संस्करणको आहा ! रारा गोल्डकप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट उपाधि नजिक पुगेको हो ।

अफ्रिकन रुटको यात्रालाई उपाधि नजिक पु–याउन बासेक र मौस्साले एकएक गोलको योगदान दिए । पहिलो हाफको तेस्रो मिनेटमै बासेकले गोल गर्दै अफ्रिकन रुटलाई अग्रता दिलाए ।

केही समय रुटले पुलिस क्लबलाई दबावमा राखेपनि पुलिसले सम्हाल्दै १ गोलमै रोकेको थियो । पुलिसले पनि गोल गर्ने मौका पाएको थियो । तर मौकालाई सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाटै बाहिरियो ।

अफ्रिकन रुटका लागि खेलको इन्जुरी समयमा मौस्साले दोस्रो गोल गर्दै २–० को गोल अन्तरले जीत दिलाए ।

सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार उक्त खेलबाट मौसा म्यान अफ दि म्याच घोषित भए ।

उनका अनुसार पहिलो पटक सहभागिता जनाएको अफ्रिकन रुट पहिलोपटक नै फाइनल पुगेको हो । अब उपाधिका लागि अफ्रिकन रुटले आगामी शनिबार २ बजे संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि संकटा क्लबले एपीएफलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँयाँ हात पार्नेछ । यस्तै उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्