खेलकूद
आहा ! रारा गोल्डकपमा आज नेपाल पुलिस र अफ्रिकन रुट एसोसिइसन भिड्दै
२०७७ चैत २६ गते ७:४५
२६ चैत २०७७ पोखरा । पोखरामा जारी १९ औं आहा ! रारा गोल्डकप फूटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ ।
रारा गोल्डकप फूटबलको दोस्रो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र अफ्रिकन रुट एसोसियसनले प्रतिस्पर्धा गर्दैछन् ।
हिजो संकटा क्लबले पहिलो सेमिफाइनलमा विभागीय टोली एपीएफ क्लबलाई २० ले हराउँदै फाइनलमा स्थान पक्का पारिसकेको छ । पोखरा रंगशालामा हुने खेल दिउँसो तीन बजे शुरू हुनेछ ।
प्रतियोगितामा एक विदेशीसहित आठ टोलीको सहभागिता रहेको थियो । विजेता टोलीले नगद १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया