समाज

शनिबार पनि विद्यालय सञ्चालन, बुधबार सार्वजनिक बिदा किन ? भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २६ गते ६:१९
शनिबार पनि विद्यालय सञ्चालन, बुधबार सार्वजनिक बिदा किन ? भिडियो रिपोर्टसहित)

२६ चैत २०७७ काठमाडौं । सरकारले शनिबार सार्वजनिक बिदा दिने गरेको छ । सरकारी कार्यालयसहित निजी संघसंस्था तथा शिक्षण संस्था शनिबार नै बिदा हुने गरेका छन् । तर धनकुटाका केही यस्ता सामुदायिक विद्यालय छन्, जहाँ शनिबार बिदा हुँदैन । किन त ?

धनकुटा नगरपालिका वडा नम्बर नौ मुलघाटमा रहेको कौशिकी निम्न माध्यमिक बिद्यालयमा शनिबार अर्थात सार्वजनिक बिदाको दिन समेत पठनपाठन हुने गरेको छ । यो विद्यालयमा शनिबारको साटो बुधबार सार्वजनिक बिदा हुने गरेको छ । यो चलन नयाँ भने हैन । विद्यालय स्थापना कालदेखिनै स्थानीय हाटको दिन पारेर बिदाको सुरुवात गरिएको थियो । बुधबार यस क्षेत्रमा बुधबारे हाट लाग्ने गरेको छ । यही हाट लक्षित गरि बुधबार सार्बजनिक बिदा दिने गरिएको हो ।

बुधबार बिदा दिनु अभिभावक र विद्यार्थीको लागि व्यवहारिक छ । हप्तामा एक दिन मात्र लाग्ने हाटमा कतिपय विद्यार्थी तथा अभिभावक किनमेलको लागि पुग्ने गरेका छन् ।

बिहानको समयमा लाग्ने हटियामा गएका विद्यार्थीको त्यो दिनको पढाइ त छुट्छ नै अभिभावक हटिया गएपछि बिद्यार्थीले नै घरको काम गर्नुपर्ने हुन्छ । जसले गर्दा बिद्यार्थीको पढाइ धेरैनै असर गर्छ । तर बुधबार हुने बिदाले विद्यार्थीलाई सहज भएको छ ।

शनिबार बाहेक सार्वजनिक बिदा दिइने यो धनकुटाको एक मात्र विद्यालय भने हैन । शहिदभूमि गाउँपालिकाका सम्पूर्ण विद्यालय बुधबार र बिहीबार बिदा हुने गरेका छन् । यो गाउँपालिकामा ४४ सामुदायिक विद्यालय छन् ।

त्यस्तै महालक्ष्मी नगरपालिकाका ६ विद्यालय सोमबार बिदा हुने गरेका छन् । यता धनकुटामा पनि केही विद्यालय बुधबार र बिहीबार बिदा हुने गरेका छन् । त्यसो त शनिबारबाहेक अन्यबार बिदा दिइदा विद्यालयको थप व्यवस्थापकीय तथा प्रशाशनिक काम गर्न सहज भएको शिक्षकको भनाइ छ ।

सबै विद्यालयले शनिबार बाहेक सार्वजानिक बिदा दिइनुको कारण स्थानीय क्षेत्रमा लाग्ने साप्ताहिक हाटनै हो । जसको कारण विद्यार्थी विद्यालयमा नियमित उपस्थित भएर शिक्षा लिने सहज भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *