समाज

बागलुङमा अझै पीसीआर मेसिन किन पुग्न सकेन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २६ गते ६:१२
बागलुङमा अझै पीसीआर मेसिन किन पुग्न सकेन ? (भिडियो रिपोर्टसहित)

२६ चैत २०७७ बागलुङ । पोहोर कोरोना संक्रमण बढ्दै गएपछि सरकारले ठाउँ ठाउँमा पीसीआर प्रयोगशाला बनायो । ९ महिनाअघि बागलुङमा पनि प्रयोगशाला बनाएर कोरोना परीक्षण गर्ने घोषणा भयो । तर अहिलेसम्म पनि बाग्लुङमा पीसीआर मेसिन जडान हुन सकेको छैन् ।

सरकारले ९ महिना अघि असार १२ गते धौलागिरी अस्पतालमा कोरोना परिक्षणका लागि पिसिआर मेशिन स्थापना गर्ने निर्णय गरेको थियो । तर आजसम्म पनि त्यहाँ पीसीआर मेशिन जडान भएको छैन । कोरोना संक्रमण घट्दै गएपछि पीसीआर मेसिनको चासो कम हुँदै गयो । अहिले फेरि संक्रमण बढ्न थालेपछि नागरिकले चासो दिन थालेका छन् ।

धौलागिरि अस्पतालमा पीसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको तीन महिनापछि गत कात्तिक २७ गते मेसिन खरिदका लागि बोलपत्र आह्वान गरिएको थियो । एक करोड लागत मध्ये गण्डकी प्रदेश सरकारले ४० लाख रुपैयाँ पनि दिने बतायो । अस्पतालले बजेट समयमै उपलब्ध नभएकाले पिसिआर मेसीन जडानमा समस्या भएको जनाएको छ । ।

सरकारले प्राथमिकतामा नराखेकाले बागलुङमा पिसिआर प्रयोगशाला निर्माणमा ढिलाई भएको छ । बागलुङको लागि खरिद गर्ने भनिएको मेशिन सरकारले रकम ढिला पठाउँदा अन्य जिल्लामा गएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

संक्रमण घटेका बेला अस्पतालले पनि मेसीन खरिदमा कुनै चासो दिएन । अहिले कोरोनाको दोस्रो लहर आउने संकेत देखिएको छ । तत्कालै मेसिन खरिद गरेर प्रयोगशाला स्थापना गर्न नसके बाग्लुङका बासिन्दाको पीसीआर परीक्षणमा समस्या आउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *