खेलकूद
संकटा क्लब आहा रारा गोल्डकपको फाइनलमा एपीएफ २–० गोल अन्तरले पराजित
२०७७ चैत २५ गते १७:४९

२५ चैत २०७७ काठमाडौं । संकटा क्लब पोखरामा जारी १९ औं आहा रारा गोल्डकप फूटबलको फाइनलमा पुगेको छ ।
पोखरा रंगशालामा आज एपीएफ क्लबलाई २–० गोल अन्तरले हराउँदै संकटाले उपाधि भिडन्त पक्का गरेको हो । उसले भोलि अफ्रिकन रुट र नेपाल पुलिस क्लबको विजेतासँग फाइनल खेल्नेछ ।
रारा गोल्डकप फूटबलको पहिलो सेमिफाइनलमा आज विभागीय टोली एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । एपीएफले आयोजक सहारा क्लबलाई र संकटाले साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै अन्तिम चारमा पुगेका थिए ।
पोखरा रंगशालामा हुने खेल दिउँसो तीन बजे शुरू हुनेछ । दोस्रो सेमिफाइनलमा भोलि नेपाल पुलिस क्लब र अफ्रिकन रुट एसोसियसनले खेल्ने छन् ।
प्रतिक्रिया