सुदूरपश्चिम प्रदेश ललितपुर मेयर्स कप महिला क्रिकेटको फाइनल प्रवेश
२५ चैत २०७७ काठमाडौं । सुदूरपश्चिम प्रदेश राजधानीमा जारी ललितपुर मेयर्स कप ट्वान्टी–२० महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रित्रि मैदानमा आज भएको खेलमा लुम्बिनी प्रदेशमाथि ८ विकेटको जीत निकाल्दै सुदूरपश्चिमले उपाधि भिडन्त पक्का गरेको हो ।
फाइनलमा उसले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । लुम्बिनीले दिएको ७३ रनको लक्ष्य सुदूरपश्चिमले १२ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गरेको थियो । सुदूरपश्चिमको जीतमा मन्जु बोकटीले सर्वाधिक २६ रन जोडिन । विन्दु रावल १७ रनमा अविजित रहिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर ७२ रन बनाएको थियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २६ रन बनाईन । यस्तै कप्तान नेरी थापाले ११ रन जोडिन् ।
लुम्बिनीलाई सस्तैमा रोक्न लक्ष्मी साउदले ४ विकेट लिइन् । यस्तै ऋतु कनौजियाका नाममा तीन विकेट रह्यो । भोलि पहिलो खेल ललितपुर मेयर्स–११ र प्रदेश १ तथा दोस्रो खेलमा लुम्बिनी प्रदेश र एपीएएफबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया