च्याम्पियन्स लीगमा रियल मड्रिडको शानदार जित
२५ चैत २०७७ काठमाडौं । च्याम्पियन्स लीग फूटबलको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले शानदार जीत दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले इंग्लिस क्लब लिभरपुललाई ३–१ ले पराजित गरेको हो । रियलका लागि विनिसिअस जुनिअरले दुई २७ र ६५ औँ मिनेटमा तथा एसेन्सिओले ३६ औँ मिनेटमा एक गोल गरे ।
लिभरपुलका लागि मोहम्मद सालहले ५१ औँ मिनेटमा एक गोल फर्काए । दोस्रो लेग लिभरपुलको मैदानमा हुनेछ । पहिलो लेगमा फराकिलो जित निकालेको रियललाई दोस्रो लेग सहज हुने छ ।
यस्तै गए राति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले बोरुसिया डर्टमुण्डलाई २–१ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीलाई जिताउन केविन डी ब्रुयना र फिल फोडिनले गोल गरे ।
बोरुसियाका लागि मार्को रेउसले एक गोल फर्काए । १९ औँ मिनेटमा डी ब्रूयनाले गोल गरेर सिटीलाई सुरुवाति अग्रता दिलाए । ८४ औँ मिनेटमा एर्लिङ्ग ब्राउट हल्याण्डको सहयोगमा मार्कोले गोल गरि खेल बराबरीमा ल्याए । तर ९० औँ मिनेटमा फोडिनले गोल गरेपछि सिटी विजयी भयो । दोस्रो लेग अब बोरुसियाको मैदानमा हुनेछ ।
प्रतिक्रिया