आर्थिक

नबिल बैंकले शुरु गर्‍यो तरकारी बजारमा क्युआर कोडबाट भुक्तानी सेवा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २४ गते १८:३७
नबिल बैंकले शुरु गर्‍यो तरकारी बजारमा क्युआर कोडबाट भुक्तानी सेवा (भिडियो रिपोर्टसहित)

२४ चैत २०७७ काठमाडौं । नबिल बैंकले काठमाडौंको धुम्बाराहीस्थित तरकारी बजारमा क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ ।

नगदरहित भुक्तानी सेवालाई विस्तार गर्ने अभियान अनुरुप यो तरकारी बजारमा क्यूआरकोड भुक्तानी सेवा शुरु गरेको नबिल बैंकले जनाएको छ । नबिल बैंकले देशैभर सानो साना पसलमा क्यूआर कोडमार्फत नगदरहित कारोवार गराउने अभियान थालेको छ ।

क्यूआर कोडका कारण बैंकिङ कारोवार बढेको र कहिल्यै पनि बैंक खाता नखोलेका मानिसले पनि बैंक खाता खोली कारोवार गर्न थालेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताउनुभयो ।

क्यूआर कोडबाट रकम भुक्तानी लिँदा कुनै पनि सेवा शुल्क नलाग्ने भएकाले यसको प्रचलन बढ्दै गएको छ । नगदरहित कारोवार बढाउने नेपाल राष्ट्र बैंकको अभियानलाई पनि क्यूआर कोडमार्फत हुने कारोवारले सघाउ पुग्ने विश्वास लिएको नबिल बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *