गुल्मीमा महिलालाई गाडी चलाउने तालिम, तालिमले बढ्यो यस्तो उत्साह (भिडियो रिपोर्टसहित)
२४ चैत २०७७ गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा महिलालाई लक्षित गरेर गाडी चलाउने तालिम दिइएको छ । घरको चुलो चौकोबाट गाडी चलाउन निस्केका महिला यस्तो अवसरबाट उत्साहित भएका छन् ।
रेसुङ्गा नगरपालिका वडानम्बर–९ को उपल्लो तम्घासमा सञ्चालन गरिएको १ महिने सिपमूलक ड्राईभिङ्ग तालिम प्रभावकारी बनेको छ । उद्घाटनका बेला सहभागीहरुले प्रमुख अतिथिलाई आफूले सीप सिकेर आफै गाडी चलाएर घुमाउने बाचा गरेका थिए । सोही अनुरुप समापनको दिन उनीहरुले आफै गाडी चलाएर अतिथिहरुलाई घुमाएका छन् ।
सिकारुको गाडीमा बसेर घुमेपछि रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले खुसी व्यक्त गर्नुभयो ।
महिला चालक झनै सचेत हुने भएकाले सुरक्षित हुने धेरैको विश्वास छ । तालिम संचालनका लागि स्थानीय तहले सहयोग गरेको छ । यस्ता तालिमले महिलाको जीवनयापन सजिलो बनाउन भूमिका खेल्ने स्थानीय जनप्रतिनिधिको विश्वास छ ।
एक महिनासम्म तालिम लिएकाहरुले यस्ता कार्यक्रम निरन्तरता दिन आग्रह गरेका छन् ।
बेरोजगारलाई स्वरोजगार बनाउने लक्ष्यसहित तालिम संचालन गरेको नगरपालिकाले जनाएको छ । ९ नम्वर वडाले ४२ जनालाई एक महिने तालिम दिएको छ । तालिम प्रभावकारी बनेको सहभागीको अनुभव छ ।
प्रतिक्रिया