आर्थिक

शेयर बजारमा दिनदिनै नयाँ कीर्तिमान, किन बढ्यो लगानीकर्ताको आकर्षण ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २४ गते १४:२५
शेयर बजारमा दिनदिनै नयाँ कीर्तिमान, किन बढ्यो लगानीकर्ताको आकर्षण ? (भिडियो रिपोर्टसहित)

२४ चैत २०७७ काठमाडौं । सेयर बजारमा दिनदिनै कीर्तिमान बनिरहेको छ । नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । यसले सेयर बजारमा लगानीकर्ताको उत्साह बढाएको छ । विगतमा सीमित ब्यक्ति मात्र शेयर कारोबारमा संलग्न हुने गरेपनि अनलाइन प्रणालीले लगानीकर्ता बढाएको छ ।

पछिल्लो सयम सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढ्दो छ । डिम्याट एकाउन्ट खेल्ने १२ लाखबाट बढेर अहिले ३० लाख बढी भएका छन् । प्राथमिक शेयर अर्थात आईपीओ भर्ने १८ लाख भन्दा बढी छन् ।

अनलाइनबाट शेयर भर्न र अनलाइनबाटै कारोबार गर्न पाइने भएपछि अहिले बजारमा लगानीकर्ताको आकर्षण बढेको हो । नियामक निकाय अर्थमन्त्रालय, धितोपत्र बोर्ड तथा नेप्सेले सेयरलाई सकरात्मक रुपमा लिँदा त्यसको असर पनि बजारमा सकरात्कम रुपमा नै परेको छ ।

आफूसँग जति रकम छ त्यति नै अर्थात क्षमता अनुसार जति पनि रकम लगानी गर्न सक्ने हुनाले पनि सेयर बजार अकर्षणको थलो भएको छ । सेयर बजारले हालसम्मकै उच्च अंक कायम हुँदा सेयर बजारले नयाँ रुपरेखा बनाउन सफल भएको छ जसले लगानीकर्तामा उत्साह थपिदिएको छ ।

यस्तै बैंकिक क्षेत्रमा देखिएको तरलता, र अन्य क्षेत्र कोरोनोको कारण सुसुप्त भएकाले पनि सेयर बजारमा लगानी कर्ताको प्रवेश धेरै नै देखिन्छ । अहिले बढेको सेयर बजारले बिगतमा नियमन लिकाएले लिएको नीतिको उपलब्धीको रुपमा हेरिएको छ।

प्रविधिले ल्याएको विकासले घरमा बसेर कारोबार गर्न पाइने भएको छ । लगानी गरेपछि राम्रो प्रतिफल आउने विश्वासको थलो पनि अहिले सेयर बजार भएको छ । त्यसैले कारोबार रकम समेत बढ्दै गएको छ ।

लगानीको अन्य क्षेत्र संकुचनले गर्दा सेयरमा लगानीको वातावरण बन्दै गएको छ । विगतमा काठमाडौ केन्द्रित ब्रोकर कार्यलय अहिले देशभरीबाट कारोबार गर्दा समेत लगानीकर्तामा कारोबारमा समेत सहज भएको छ ।

यसले के देखाउन भने सेयर बजार बिस्तार तिब्र गतिमा अगाडी बढ्ने देखिन्छ । तर लगानीकर्ताले के भुल्नु हुँदैन भने शेयर बजार निरन्तर बढ्छ र निरन्तर घट्छ भन्ने हुँदैन । घट्नु र बढ्नु नै शेयर बजारको विषेशता हो ।

त्यसैले लगानीकर्ताले हल्लाको भरमा भन्दा पनि बुझेर राम्रा र प्रतिफल दिन सक्ने कम्पनीमा लगानी गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *