त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट श्रृंखलाका लागि आजदेखि बन्द प्रशिक्षण
२४ चैत २०७७ काठमाडौं । त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट श्रृंखलाका लागि खेलाडीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा २० जना खेलाडीलाई बोलाएको छ । कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीचको ट्वेन्टी(ट्वेन्टी श्रृंखला आगामी वैशाख चारदेखि ११ गतेसम्म हुनेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिष शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, साहब आलम, सन्दीप जोरा, विक्रम सोब, पवन सर्राफ र ललित राजवंशी रहेका छन् ।
यही खेलाडीको सूचीबाट क्यानले अन्तिम नामावली सार्वजनिक गर्नेछ । प्रतियोगिताको हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।
प्रतिक्रिया