खेलकूद

ला लिगा फूटबलमा भालाडोलिडमाथि बार्सिलोनाको संघर्षपूर्ण जित

हिमालय टिभी
२०७७ चैत २४ गते ८:१३
ला लिगा फूटबलमा भालाडोलिडमाथि बार्सिलोनाको संघर्षपूर्ण जित

२४ चैत २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ ।

ला लिगा अन्तर्गत सम्पन्न पछिल्लो खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० गोलको साँघुरो जित निकालेको हो । घरेलु मैदानमा बार्सिलोनाका लागि ओउस्माने डेम्बेले गरेको गोल नै निर्णायक बन्यो ।

उनले ९०औं मिनेटमा रोनाल्ड आराउजोको पासमा गोल गर्न सफल भएका थिए । यसअघि ७९औं मिनेटमा रियलका ओस्कार प्लानोले सिधै रेड कार्ड पाएका थिए ।

जितसँगै दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दूरी एक अंकमा झारेको छ ।

एट्लेटिकोको २९ खेलबाट ६६ अंक हुँदा समान खेलबाट बार्सिलोनाले ६५ अंक जोडेको छ । त्यस्तै तेस्रो स्थानका रियल मड्रिडको पनि समान २९ खेलबाट ६३ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्