खेलकूद
आहा रारा गोल्डकपमा आज थ्रीस्टार र नेपाल पुलिस क्लब भिड्दै
२०७७ चैत २४ गते ८:०४
२४ चैत २०७७ पोखरा । पोखरामा जारी आहा रारा गोल्डकप फूटबलमा आज थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
प्रतियोगिताको चौथो तथा अन्तिम क्वाटरफाइनलमा आज थ्रीस्टार र पुलिसले प्रतिस्पर्धा गर्न लागेका छन् ।
यसअघि पहिलो खेलमा आयोजक सहारा क्लबलाई १–० ले हराउँदै एपीएफ क्लब, दोस्रो खेलमा मछिन्द्र फूटबल क्लबलाई २–१ ले हराउँदै अफ्रिकन रुट एसोसियसन र साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले हराउँदै संकटा क्लबले सेमिफाइनलमा स्थान पक्का पारिसकेका छन् ।
पोखरा रंगशालामा हुने खेल दिउँसो साढे दुई बजे शुरु हुनेछ । प्रतियोगितामा एक विदेशीसहित ८ टोली सहभागी छन् ।
प्रतिक्रिया