खेलकूद
आहा रारा गोल्डकपमा मनाङ मर्स्याङ्दी विजयी, संकटा १–० ले विजयी
२०७७ चैत २३ गते १७:५०

२३ चैत २०७७ पोखरा । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको पहिलो खेलबाट नै बाहिरीएको छ ।
आज भएको खेलमा संकटा क्लबसँग १–० ले पराजित भएपछि मनाङ मस्र्याङदी प्रतियोगिताबाट बाहिरिएको हो ।
पोखरा रंगशालमा भएको खेलमा संकटालाई जित दिलाउनका लागि फोफनाले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले खेलको ४३औं मिनेटमा गोल गरेका थिए । अब सेमिफाइनलमा संकटाले विभागीय टिम एपीएफसँग खेल्नेछ ।
एपीएफले पहिलो खेलमा घरेलु टिम सहारा क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो । प्रतियोगितामा भोलि थ्रीस्टार र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया