कला/मनोरञ्जन

गायक विशाल राईको पहिलो गीति एल्बम ‘सेन्मी’ सार्वजनिक

हिमालय टिभी
२०७७ चैत २३ गते ९:२६
गायक विशाल राईको पहिलो गीति एल्बम ‘सेन्मी’ सार्वजनिक

काठमाडौं । चर्चित गायन रियालिटी द भ्वाइस अफ नेपाल सिजन–२ को टप १० मा पुग्न सफल गायक विशाल राईको पहिलो साँगीतिक कोशेली गीति संग्रह ‘सेन्मी’ विमोचन गरिएको छ ।

नेपाली इतिहासमै पहिलोपटक भर्चुवल माध्यमबाट म्युजिक नेपालको स्टुडियोमा शनिबार गीति संग्रह ‘सेन्मी’को विमोचन गरिएको हो ।

प्रसिद्ध संगीतकार शुभबहादुर सुनाम ,वरिस्ठ संगीतकार सुरेश अधिकारी , लोकप्रिय गायक एवम म्युजिक नेपालका विजनेस हेड राजिव लोहनी र गायक विशाल राईले संयुक्त रुपमा गीति संग्रह ‘सेन्मी’को विमोचन गर्नु भएको थियो ।

५ वटा गीत संग्रहित ‘सेन्मी’ एल्बममा सुरेश अधिकारीको एकल शब्द रचना र सगीत रहेको छ भने महाराज थापाको एरेन्ज रहेको छ ।

नारी, नपिलाउ, निदै उडेर, तिमी गैगयौ, म त हजुर गीत समावेश गीतहरूमध्ये ुनारीु गीतको म्युजिक भिडियो समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

हजारौ दर्शकले कार्यक्रमलाई म्युजिक नेपालको युट्युब च्यानलमार्फत प्रत्यक्ष हेरेका थिए । सो कार्यक्रममा गायक विशाल राईले एल्बममा समावेश गीतहरू लाइभ गाएर दर्शकहरुलाई मनोरन्जन गराएका थिए ।

गीति संग्रह ‘सेन्मी’लाई म्युजिक नेपालले बजारमा ल्याएको हो । ‘सेन्मी एल्बमका गीतहरू म्युजिक नेपालको युट्युब च्यानल र संसारभर ७० भन्दा बढी डिजिटल प्लेटफर्म मार्फत सुन्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *