खेलकूद
प्रिमियर लीगमा म्यानचेष्टर युनाइटेड, एष्टन भिल्ला र साउथह्याम्टन विजयी
२०७७ चैत २३ गते ७:३२

२३ चैत २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर युनाइटेड, एष्टन भिल्ला र साउथह्याम्टन विजयी भएका छन् ।
प्रिमियर लीग अन्तर्गत दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडले ब्राइटनलाई २–१ गोलले हराएको हो । युनाइटेडको मैदानमा ब्राइटनले १३औं मिनेटमा डेनी वेलवेचको गोलसँगै अग्रता बनायो ।
त्यसपछि दोस्रो हाफमा युनाइटेडले लगातार दुई गोल थपेको थियो । उसका लागि ६२औं मिनेटमा मार्कस राशफोर्ड र ८३औं मिनेटमा मासन ग्रिनउडले गोल गरेका थिए ।
जितपछि युनाइटेडले ३० खेलबाट ६० अंक जोडेको छ । शीर्ष स्थानको म्यानचेष्टर सिटीको ३१ खेलबाट ७४ अंक छ ।
प्रिमियर लीगकै अन्य खेलमा एष्टन भिल्लाले फूलह्यामलाई ३–१ र साउथह्याम्टनले बर्नलीलाई ३–२ ले पराजित गर्दा न्यूक्यासल युनाइटेड र टोटेनह्यामले २२ गोलको बराबरी खेले ।
प्रतिक्रिया