खखडेहरा पर्वको सार्वजनिक बिदा

हिमालय टिभी
२०७७ चैत २३ गते ६:३९
खखडेहरा पर्वको सार्वजनिक बिदा

२३ चैत २०७७ कञ्चनपुर । राना थारू समुदायको होली पछिको महत्वपूर्ण पर्व खखडेहराका लागि सुदूरपश्चिम प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ ।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार प्रदेश सरकारको निर्णयअनुसार खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायले खखडेहरा पर्व धुमधामसँग मनाउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *