आर्थिक

सरकरले फेरि पनि बढायो पेट्रोलियम पदार्थको भाउ

हिमालय टिभी
२०७७ चैत २२ गते २०:५७
सरकरले फेरि पनि बढायो पेट्रोलियम पदार्थको भाउ

२२ चैत २०७७ काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो ।

मूल्य समायोजनपछि काठमाडौं उपत्यका आसपासका क्षेत्रमा पेट्रोलको खुद्रा बिक्री मूल्य १२० र डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ पुगेको छ ।

यसअघि पेट्रोल प्रतिलिटर ११८, डिजल र मट्टीतेल प्रतिलिटर १०१ मा बिक्री हुँदै आएको थियो । निगमले निगमले हवाई ईन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ ।

यसअघि निगमले चैत तीन गते, फागुन १७ र ४ गते त्यस्तै माघ ६ र २८ मा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।

निगमले इण्डियन आयल कर्पोरेशनले वृद्धि गरेर पठाएको मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *