मच्छिन्द्रलाई हराउँदै अफ्रिकन रुट्स आहा रारा गोल्डकपको सेमीफाइनल प्रवेश

२२ चैत २०७७ काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्रमाथि जित निकाल्दै अफ्रिकन रुट्स एसोसियसन पोखरामा जारी १९औं आहा रारा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आज भएको प्रतिस्पर्धामा मच्छिन्द्रमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो । हेटौडामा बागमती गोल्डकपको उपाधि प्रतिस्पर्धाका लागि फर्किनुअघि अप्र्रिmकन रुट्स आहा राराको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
शारीरिक रुपमा अग्ला र बलिया अफ्रिकनले शुरुवातदेखि नै दबाव बनाई राख्यो । खेलको २३ औं मिनेटमा म्यान अफ दि म्याच मोउसाले गोल गर्दै अग्रता दिलाएका थिए ।
निकै प्रतिस्पर्धात्मक खेलको ८३ औं मिनेटमा डिजोमो क्रस पासमा एनजिमीले गोल गर्दै अफ्रिकन रुट्स एशोसियसनलाई २–० गोलको अग्रतामा पु¥याएका थिए । पछि परेसँगै दबाबमा परेको मच्छिन्द्रले आक्रामक खेल्दा अतिरिक्त समयमा अभिषेक रिजालले गोलबाट अग्रता छोट्याउन पुगेको थियो ।
बाँकी समयमा थप गोल हुन सकेन र अफ्रिन टोली विजयी भयो । पराजयसँगै मच्छिन्द्र पोखराको बसाई छोट्याउँदै आहा रारा गोल्डकपबाट बिदा हुन पुग्यो । सोमबार मनाङ मर्स्याङ्दीले संकटा विरुद्ध खेल्ने छ ।
प्रतिक्रिया