त्रिकोणात्मक सिरिज क्रिकेटका लागि २० सदस्यीय नेपाली टोलीको घोषणा

२२ चैत २०७७ काठमाडौं । वैशाखमा हुने मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।
वैशाख ४ गतेदेखि ११ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २० सदस्यीय टोली घोषणा गरेको हो ।
अनुभवी शरद भेषावकर, वसन्त रेग्मी, भुवन कार्की, रोहित पौडेल जस्ता खेलाडी टोली बाहिर छन् । प्रशिक्षक डेभ ह्वाटमोरले लोकेश बम, शाहब आलम, पवन सर्राफ, सन्दिप जोरा, कुशल भुर्तेल, बिक्रम सोब जस्ता युवा खेलाडीलाई मौका दिएका छन् ।
त्यस्तै, पिएम कपका दौरान घाइते भएका आरिफ शेखले पुनरागमन गरेका छन् । टोलीको प्रशिक्षण पर्सिदेखि हुनेछ । तर काठमाडौंमा उपलब्ध खेलाडीहरु भने नियमित अभ्यास गरिरहेका छन् ।
ट्वेन्टी ट्वेन्टी फरम्याटमा खेलाईने सिरिज डबल राउण्ड रोबिनको लीगको आधारमा हुनेछ । सहभागी तीनवटा टोलीले एकअर्काविरुद्ध २–२ खेल खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ ।
प्रतिक्रिया