खेलकूद

ललितपुर मेयर कप महिला क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

हिमालय टिभी
२०७७ चैत २२ गते १३:४१
ललितपुर मेयर कप महिला क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

२२ चैत २०७७ काठमाडौं । विभागीय टोली एपीएफ क्लबले ललितपुर मेयर कप महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ३७ रनले हराउँदै एपीएफले विजयी यात्रा कायम राखेको हो ।

एपीएफले दिएको १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले १९ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनायो । कमजोर शुरुवात गरेको सुदूरपश्चिमका लागि सुनिता लोहारले २३ रन बनाइन् ।

त्यस्तै, डली भट्ट १६ र रेवती धामीले १२ रन बनाउँदा सुदूरपश्चिमका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदुरपश्चिमलाई पाली ध्वस्त पार्ने क्रममा एपिएफकी बिनु बुढाले ३, सिता रानामगर र सुमन विष्टले समान २–२ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय २७ रन बनायो । उत्कृष्ट सुरुवात गरेको एपिएफका लागि ओपनर ज्योती पाण्डेले सर्वाधिक ५९ रनको योगदान दिइन् ।

त्यस्तै, सरिता मगरले नटआउट ३५ रन बनाउँदा कप्तान सिता रानामगरले १६ रन जोडिन् । प्रतियोगिताको पहिलो खेलमा एपीएफले प्रदेश १ लाई ८ विकेटले हराएको थियो । दिनको दोस्रो खेलमा अहिले ललितपुर मेयर एघार र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्