आर्थिक

पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा प्रधान

हिमालय टिभी
२०७७ चैत २२ गते १२:५३
पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा प्रधान

२२ चैत २०७७ काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान विजयी हुनु भएको छ ।

एसोसिएसनको ४२औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

नयाँ नेतृत्वका लागि प्रधान र नवीन श्रेष्ठ प्यानलसहित चुनावी मैदानमा उत्रिनु भएको थियो। प्रधानले ३ सय २ ल्याउँदा श्रेष्ठले ४३ मत मात्रै पाउनुभयो ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुनिलकुमार गुरुङ, प्रथम उपाध्यक्षमा ईञ्जिनियर विनोदकुमार चौरसिया र द्वितीय उपाध्यक्षमा सुनिलकुमार बिड्ला निर्विरोध निर्वाचित हुनुभयो ।

यसैगरी महासचिवमा विश्वप्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, सचिवमा हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी विजयी हुनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *