खेलकूद
अश्लेघ बार्तीले जितिन् मायामी ओपन टेनिसको उपाधि
२०७७ चैत २२ गते ९:२२

२२ चैत २०७७ काठमाडौं । मायामी ओपन टेनिसको उपाधि अष्ट्रेलियन खेलाडी अश्लेघ बार्तीले जितेकी छिन् ।
गोलीगाँठाको चोटका कारण विपक्षी खेलाडी बियान्का आन्द्रेस्कुले खेल त्यागेपछि बार्तीले उपाधि जितेकी हुन् ।
विश्व नम्बर एक बार्तीले पहिलो सेट ६–३ ले जितेकी थिइन् । दोस्रो सेटमा पनि ४–० को अग्रता लिएको अवस्थामा बियान्काले खेल त्याग्ने निर्णय गरेपछि बार्ती च्याम्पियन बनेकी हुन् ।
मायामी ओपनकै पुरुष तर्फको उपाधिका लागि इटालीका जान्निक सिन्नर र पोल्याण्डका हुबर्ट हुर्काजबीच आज प्रतिष्पर्धा हुँदैछ ।
प्रतिक्रिया