खेलकूद

आहा रारा गोल्डकप फूटबल प्रतियोगितामा आज मछिन्द्र र अफ्रिकन रुट भिड्दै

हिमालय टिभी
२०७७ चैत २२ गते ९:११
आहा रारा गोल्डकप फूटबल प्रतियोगितामा आज मछिन्द्र र अफ्रिकन रुट भिड्दै

२२ चैत २०७७ पोखरा । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फूटबलको दोस्रो क्वाटरफाइनल खेल आज हुँदैछ ।

पोखरा रङ्गशालामा हुने दोस्रो क्वाटरफाइनलमा मछिन्द्र फूटबल क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र अफ्रिकन रुटबीचको खेल दिउँसो साढे २ बजेबाट शुरु हुनेछ ।

सहिद स्मारक ‘ए’ डिभिजन लीग विजेता मछिन्द्र अफ्रिकन रुटलाई हराएर अन्तिम चारमा पुग्न चाहन्छ । मछिन्द्रले हालसम्म आहा रारामा ४ खेल खेलेको छ । जसमा २ जित र २ हार व्यहोरेको छ । मछिन्द्र यस वर्ष पहिलो पटक आहा राराको उपाधि जित्न चाहन्छ ।

अफ्रिकन रुटको भने यो डेब्यु खेल हो । प्रतियोगितामा एपीएफ क्लब सेमिफाइनलमा पुगिसकेको छ । उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १–० ले हराएर एपीएफ अन्तिम चारमा पुगेको हो ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ ।

यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सुर्यबहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्