खेलकूद
रियल सोसियडाडले जित्यो स्पेनिस कोपा डेल रेको उपाधि
२०७७ चैत २२ गते ७:४५

२२ चैत २०७७ काठमाडौं । स्पेनिस कोपा डेल रेको उपाधि रियल सोसियडाडले जितेको छ ।
प्रतिष्पर्धात्मक फाइनलमा एट्लेटिक बिल्बाओलाई १–० ले हराउँदै सोसियडाडले ३४ वर्षपछि कोपा डेल रेको उपाधि उचालेको हो ।
सेभियामा भएको फाइनलमा मिकेल ओइराजाबेलले गरेको एकमात्र गोल सोसियडाडलाई उपाधि जिताउन पर्याप्त बन्यो । उनले खेलको ६३औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।
६३औं मिनेटमा पोर्टुलाई फाउल गरेका कारण इनिगो मार्टिनेजलाई रेफ्रीले रातो कार्ड देखाएका थिए । तर, भिडियो एसिस्टेन्ट रेफ्रीमा हेरेपछि यो निर्णय सच्याउँदै मार्टिनेजलाई पहेँलो कार्ड दिइएको थियो ।
बाँकी समयमा गोल हुन नसक्दा रियल सोसियडाडले उपाधि उचाल्यो ।
प्रतिक्रिया