खेलकूद

लीग भलिबलको महिलातर्फ पुलिस, आर्मी र न्यु डाइमण्ड विजयी

हिमालय टिभी
२०७७ चैत २१ गते १७:२९
लीग भलिबलको महिलातर्फ पुलिस, आर्मी र न्यु डाइमण्ड विजयी

२१ चैत २०७७ काठमाडौं । आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लीग भलिबल च्याम्पियनसीपको महिलातर्फ आज भएका खेलमा नेपाल पुलिस, त्रिभुवन आर्मी र न्यु डाइमण्ड स्पोर्ट्स क्लब विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा पुलिसले अर्को विभागीय क्ल एपीएफमाथि ३–२ को सेटमा रोमाञ्चक जीत निकाल्यो । शुरुवाती दुई सेट गुमाएको पुलिसले पछिल्लो तीन सेट लगातार जितेर खेल आफ्नो पक्षमा पारेको थियो । पुलिसले एपीएफलाई २०–२५, २८–३०, २५–२३, २५– १९ र १५–११ ले हराएको हो ।

आजै भएको अर्को खेलमा न्यु डाइमण्डले भरतपुर मेट्रो खेलकूद परिषदलाई ३(० को सेटमा हराएको हो । न्यु डाइमण्डले भरतपुरलाई २५–१२, २५–७ र २५–१७ को सेटमा स्तब्ध बनायो ।

जितपछि ३ खेलबाट ७ अंक जोड्दै न्यु डाइमण्ड शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई हराएको न्यु डाइमण्ड दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग ३–२ को सेटमा पराजित भएको थियो ।

यसअघि आजै सम्पन्न पहिलो खेलमा आर्मीले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सेटमा पराजित गरेको छ । आर्मीले ढोरपाटनमाथि २५–१२,२५–० र २५–५ ले हरायो । प्रतियोगितामा अहिले पुरुषतर्फ टिप टप हेल्प नेपाल क्लब र मणिमुकुन्द भलिबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ टीमले प्रतिस्पर्धा गरिरहेका छन् । लीगको शीर्ष दुई टीमले उपाधिका लागि खेल्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्