आर्थिक

पर्यटन उद्योग चलायमान बनाउन सरकार लागिपरेको मन्त्री ढकालको दाबी

हिमालय टिभी
२०७७ चैत २१ गते १५:१६
पर्यटन उद्योग चलायमान बनाउन सरकार लागिपरेको मन्त्री ढकालको दाबी

२१ चैत २०७७ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन व्यवसायीको भावना अनुरुप पर्यटन उद्योग चलायमान बनाउन सरकार लागि परेको बताउनुभएको छ ।

होटल संघ नेपालको ४७ औं वार्षिक साधारणसभाको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री ढकालले कोरोनाबाट सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार गम्भिर रहेको बताउनुभयो ।

कार्यक्रममा होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले आन्तरिक पर्यटनमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय पर्यटन आगमन पूर्ण अवस्थामा नफर्किएसम्म होटल उद्योगलाई चलायमान बनाउन आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखी अल्पकालिन र दिर्घकालिन योजना तर्जुमा गर्न सरकारसँग माग गर्नुभयो ।

सरकारले पर्यटन व्यवसायीका लागि पुनरकर्जा र व्यवसाय निरन्तरता कर्जा उपलब्ध गराए पनि सबै व्यवसायीले प्राप्त गर्न नसकेको गुनासो व्यवसायीको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *