आहा रारा गोल्ड कप फूटबल प्रतियोगिता आजदेखि शुरु हुँदै
२१ चैत २०७७ पोखरा । मोफसलकै प्रतिष्ठित आहा रारा गोल्ड कप फूटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।
१९ औ संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
सहाराले विक्रम संवत् २ हजार ७० सालमा उपाधि जित्दा २ हजार ६९ र २ हजार ७३ मा उपविजेता बनेको थियो । त्यस्तै एपीएफ २ हजार ६४ सालको उपविजेता टोली हो ।
प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहारा क्लब, एपीएफ क्लब, मनाङ मर्स्याङ्ग्दी क्लब, नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, संकटा क्लब र मच्छिन्द्र क्लब सहभागी छन् ।
त्यस्तै विदेशीतर्फ अफ्रिकन रूट एसोसिएसन क्यामरुनको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार तथा उपविजेताले पाँच लाख एक हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । पोखरा रंगशालामा हुने खेल दिउँसो साढे दुई बजे शुरु हुनेछ ।
प्रतिक्रिया