खेलकूद

भलिबललाई व्यावसायिक बनाउने संघको प्रयासमा यस्ता चुनौतीका चाङ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २० गते १४:११
भलिबललाई व्यावसायिक बनाउने संघको प्रयासमा यस्ता चुनौतीका चाङ (भिडियो रिपोर्टसहित)

२० चैत २०७७ काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबीबी एनभीए क्लब लीग महिला तथा पुरुष भलिबल च्याम्पियन्सिप काठमाडौंमा चलिरहेको छ ।

प्रतियोगितामा विभागीयसहित महिला र पुरुषतर्फ गरी सात क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । भलिबललाई व्यवसायिक बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना हुने गरे पनि क्लबलाई भने खेलाडी अनुबन्ध गर्नु नै चुनौतीपूर्ण देखिएको छ ।

करिब ३ वर्ष अघि भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भयो । २०७४ जेठ ८ गते मन्त्री परिषद्को बैठकले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएसँगै धेरैले यसको विकासको अपेक्षा गरेका थिए । नेपालमा लोकप्रिय मानिएको भलिबलले राष्ट्रिय खेलको मान्यता पाएसँगै प्रतियोगिताहरु बढ्न थाले ।

जिल्ला र प्रदेशहरुमा भलिबल प्रतियोगिता संख्यात्मक रुमा बढे । तर स्तरीय प्रतियोगिता भने विरलै भए । खेलका लागि चाहिने न्यूनतम मापदण्डबिना नै प्रतियोगिता हुँदा खेलको स्तर सँगै खेलाडीले प्रदर्शन पनि खस्किरको पाइन्छ । खेलाडीले खेलेरै जीविकोपार्जन गर्ने वातावरण नभएपछि विदेशिनु परेको तितो यथार्थ खेलाडी सामु छ ।

खेललाई व्यावसायिक बनाउने थुप्रै योजना बने पनि विभागीय बाहेकका टोलीहरुलाई प्रतियोगितामा सहभागी हुनुनै चुनौतीपूर्ण छ । खेलाडीलाई पारिश्रमिकदेखि प्रशिक्षण र अन्य सुविधा उपलब्ध गराउन ती क्लबहरुलाई आर्थिक रुपमा पनि निकै कठिनाइ छ । जारी प्रतियोगितामा सहभागी केही क्लबबाहेक अन्य क्लबले कुनै प्रायोजक पाउन सकेका छैनन् । विभिन्न संघ संस्थाबाट पाएको सहयोग र व्यक्तिगत लगानीबाटै पनि ति क्लबहरुले सहभागिता जनाईरहेका छन् ।

एकाध खेल बाहेक नेपालको घरेलु खेलकुद नै विभागीय टोलीले धानेको धेरैको बुझाईछ । राष्ट्रिय टोलीमै पनि अधिकांश खेलाडी विभागीय टोलीकै छन् । सिमित खेलाडी विभागमा रहेका कारण उनीहरुले खेलेरै जीवन चलाउने सामर्थ्य राखे पनि अधिकांश खेलाडी अन्य पेसा व्यवसायमा लाग्ने र पलायन हुने क्रम बढ्दो छ । तर खेलाडीलाई खेलकुदबाटै भविष्य सुनिश्चित बनाउने सके क्षमतावान खेलाडीको कमि भने छैन ।

पछिल्लो समय देशैभरी प्रतियोगिता संख्यात्मक रुपमा बढेपनि त्यसले समग्र भलिबलको विकासमा टेवा पुर्याउन सकिरहेको छैन् । क्लब लिगनै व्यावसायिक नभएसम्म प्रदेश र जिल्लाले गर्ने प्रतियोगिताले मात्र भलिबल विकास हुन असंभव छ ।

भलिबलका लागि सबै ठाउँमा संरचनाको अभाव रहेको भन्दै उपत्यका बाहिर हुने प्रतियोगितालाई स्तरीय बनाउन योजना बनाईरहेको संघले बताएको छ ।

स्थानीय स्तरका प्रतियोगिताले खेल प्रतिको माहोल बनेपनि खेलाडी उत्पादन र व्यवसायिक उन्मुख गराउन नसकेको संघ स्विकार्छ । त्यसैले विभिन्न जिल्ला र क्लबले गर्ने प्रतियोगिता वर्गीकरण गर्ने संघको योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्