खेलकूद

किरण चेम्जोङ एएफसीको साताको उत्कृष्ट खेलाडीको मनोनयनमा

हिमालय टिभी
२०७७ चैत २० गते ८:३५
किरण चेम्जोङ एएफसीको साताको उत्कृष्ट खेलाडीको मनोनयनमा

२० चैत २०७७ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान एबं गोलकिपर किरण चेम्जोङ एएफसीको साताको राष्ट्रिय टिमको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन ।

एएफसीले पछिल्लो पटक भएका खेलमा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।

जसमा १० जना खेलाडीलाई राखिएको छ । यो मनोनयनमा किरणसँगै ताजिकिस्तान, जोर्डन, बहराईन, इराक, साउदी अरेविया, इरान, जापान, कतार र यूएईका खेलाडी रहेका छन ।

सबैले आफ्नो देशका लागि खेल्दा गरेको प्रदर्शनका आधारमा मनोनयनमा परेको एएफसीले जनाएको छ । जसमा किरणले तीन खेल खेल्दा एक गोल खाएका छन भने दुई खेलमा क्लिनसिट रहेका थिए ।

उनले नेपालमा भएको थ्री नेशन्स कपमा किर्गिस्तानको २३ वर्ष मुनिको टिम र बंगलादेशविरुद्ध लिग चरणमा क्लिनसिट बनेका थिए भने फाइनलमा बंगलादेशसँग एक गोल खाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्