समाज

क्रिकेट मैदान बनाउने भनिएको ठाउँको बालुवा बेच्न थालेपछि…..(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २० गते ६:२८
क्रिकेट मैदान बनाउने भनिएको ठाउँको बालुवा बेच्न थालेपछि…..(भिडियो रिपोर्टसहित)

२० चैत २०७७ भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा खेल मैदान निर्माण गर्ने क्रममा ठेकेदार कम्पनीले मापदण्ड विपरीत बालुवा उत्खनन गरिरहेको पाइएको छ । विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर र त्यस वरिपरि रहेका बस्ती जोखिममा परेको भन्दै स्थानीय बासिन्दाले उत्खनन बन्द गर्न माग गरेका छन् ।

यो भक्तपरको चाँगुनारायण नगरपालिका वडा नम्बर ४ मा बनाउन लागिएको क्रिकेट मैदान बन्ने ठाउँ हो ।

करिब ९३ रोपनी क्षेत्रफलमा खेल मैदान बनाउने भन्दै नगरपालिकाले आगन्जा कन्स्ट्रक्सन प्रालिलाई जमिन सम्याउने ठेक्का दिएको थियो । सम्झौतामा जमिन सम्याउने क्रममा निस्किने माटो, बालुवा तथा अन्य निर्माणजन्य सामग्री निर्माण कम्पनीले बेच्न पाउने उल्लेख छ । तर स्थानीय बासिन्दाले भने निर्माण कम्पनीले सम्झौता विपरीत उत्खनन् गरिरहेको आरोप लगाएका छन् ।

निर्माण कम्पनीले जमिन सम्याउने नाममा यसरी उत्खनन् गर्दा चाँगुनारायण मन्दिर नै जोखिममा पर्ने स्थानीय बासिन्दाको आरोप छ ।

चाँगुनारायण नगरपालिकाले पनि ठेक्दार कम्पनी आगन्जाले मापदण्ड विपरीत बालुवा उत्खनन् गरी विक्री वितरण गर्दै आएको स्वीकार गरेको छ ।

नगरपालिकाले एक महिना अघि पनि जिल्ला प्रशमसन कार्यालय, भक्तपुर मार्फत उक्त कार्य रोक्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *