खेलकूद

आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लीग भलिबल च्याम्पियनसीप आजदेखि

हिमालय टिभी
२०७७ चैत १९ गते ८:४६
आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लीग भलिबल च्याम्पियनसीप आजदेखि

१९ चैत २०७७ काठमाडौं । पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लीग भलिबल च्याम्पियनसीप आजदेखि शुरु हुँदैछ।

नेपाल भलिबल संघको आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

यसअघि पुरुषतर्फ आठ टोली खेल्ने भनिएपनि अन्तिम समयमा बुद्धटोल भलिबल क्लबले प्राविधिक कारणले प्रतियोगितामा सहभागी हुन नसक्ने जनाएको थियो । प्रतियोगिताको पहिलो खेलमा आज महिलातर्फ न्यु डाइमण्ड स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कर्भडहलमा हुने खेल विहान १० बजे शुरु हुनेछ । उता पुरुषतर्फ भने आज तीन खेल हुनेछन् । पहिलो खेलमा नेपाल पुलिस क्लब र नयाँ बजार सामाजिक युवा क्लब आमने(सामने हुनेछन् ।

यस्तै दोस्रो खेल एपीएफ र बुलबुले रारा क्लब तथा अर्को खेलमा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीच खेल हुनेछ । चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् ।

यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रो हुनेले ७६ हजार र चौथो हुनेले ३७ हजार ५ सय पाउने छन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार प्राप्त गर्ने छन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्