खेलकूद

विश्वकप छनोट खेलमा विश्व विजेता फ्रान्सको लगातार दोस्रो जित

हिमालय टिभी
२०७७ चैत १९ गते ७:५६
विश्वकप छनोट खेलमा विश्व विजेता फ्रान्सको लगातार दोस्रो जित

१९ चैत २०७७ काठमाडौं । फिफा विश्वकप फूटबलको युरोपियन छनोटमा विश्व विजेता फ्रान्सले लगातार दोस्रो जित निकालेको छ ।

समूह डी अन्तर्गत गएराति आफ्नो तेस्रो खेलमा फ्रान्सले बोस्निया हर्जगोभिनामाथि १–० गोलको साँघुरो जित निकालेको हो । अवे मैदानमा फ्रान्सको जितमा ६० औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गरेको एक मात्र गोल नै निर्णायक रह्यो ।

पहिलो खेलमा फ्रान्सले युक्रेनसँग १–१ गोलको बराबरी खेल्दा दोस्रो खेलमा कजाकस्तानलाई २–० ले पराजित गरेको थियो । यही समूहको अर्को खेलमा युक्रेन र कजाकस्तानले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

यस समूहमा शीर्ष स्थानको फ्रान्सले तीन खेलबाट सात अंक जोड्दा दोस्रो स्थानको युक्रेनको समान खेलबाट ३ अंक छ । समूह बी मा स्पेनले कोसोभोमाथि ३–१ को जित निकाल्दा ग्रिस र जर्जिया १–१ को बराबरीमा रोकिए ।

त्यस्तै समूह सी अन्तर्गत इटालीले लिथुएनियालाई २–० हराउँदा नर्थन आयरल्याण्ड र बुल्गेरिया गोलरहित बराबरीमा रोकिए, समूह एफमा डेनमार्कले अष्ट्रियालाई र स्कटल्याण्डले फारोइ आइल्याण्ड्सलाई समान ४–० तथा इजरायलले माल्डोभालाई ४–१, समूह आई मा इंग्ल्याण्डले पोल्याण्डलाई २–१ र अल्बानियाले सान मारिनोलाई २–० तथा समूह जे मा अर्मेनियाले रोमानियालाई ३–२, नर्थ म्यासेडोनियाले जर्मनीलाई २–१ र आइसल्याण्डले लिचुइस्टेनलाई ४१ ले हराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्