समाज

जनप्रतिनिधि र कर्मचारीबीचको विवाद उत्कर्षमा पुगेपछि… (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १९ गते ६:१४
जनप्रतिनिधि र कर्मचारीबीचको विवाद उत्कर्षमा पुगेपछि… (भिडियो रिपोर्टसहित)

१९ चैत २०७७ रुपन्देही । सेवाग्राहीको सधैं भिडभाड हुने रुपन्देहीको मर्चवारी गाउँपालिका कार्यालय अहिले सुनसान छ । जनप्रतिनिधि र कर्मचारीबीचको विवाद उत्कर्षमा पुग्दा कार्यालय एकसातादेखि ठप्प छ । कार्यालयमा कर्मचारी छैनन । सेवाग्राही पुग्छन तर काम नभएपछि रित्तै फर्किन्छन् ।

रुपन्देहीको मर्चवारी गाउँपालिका कार्यालयमा कर्मचारी र वडाध्यक्षबीच यहाँ अहिले विवाद चलिरहेको छ । यस्ता झगडा र विवादका दृश्य यो गाउँपालिका कार्यालयमा सामान्य हुन् ।

गाउँपालिकामा हुने विकास निर्माण कमसल हुने गरेको आरोप लागेको छ । गाउँपालिकाले भने मुल्यांकन अनुसार भुक्तानी गर्दै आएको छ । त्यसैले वडाध्यक्षहरुले कमसल कामको पनि पूरा भुक्तानी पाउनुपर्ने अडान लिने गरेपछि यस्तो विवाद हुने गरेको छ ।

राम्रो काम नगर्ने तर मुल्यांकन अनुसारको भुक्तानीमा चित्त नबुझाउने र नचाहिएको ठाउँमा पनि योजना माग्ने कामले गाउँपालिका अध्यक्ष हैरान हुनुहुन्छ ।

तर पछिल्लो पटक चैत ८ गते वडा नम्बर ३ का अध्यक्ष नारायणबहादुर यादवबिच भएको यो विवादपछि गाउँपालिकाका कर्मचारी कार्यालय आउन छाडेका छन् । वडाध्यक्षबाटै आफूहरुमाथि हातपात हुने गरेकाले ज्यानको सुरक्षा नभएको भन्दै उनीहरुले काम बन्द गरेका हुन् । काम गर्ने वातावरण नबनेसम्म काममा नफर्कने कर्मचारीको अडान छ ।

जनप्रतिनिधिले दबाबमा राखेर काम गराउन खोजेको कर्मचारीको आरोप छ । कर्मचारीले आफूखुशी काम गरेर जनतालाई दुःख दिने गरेको जनप्रतिनिधिको दाबी छ । यो विवादको असर गाउँपालिकाको विकास निर्माणमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *