आर्थिक

अर्थ मन्त्रालयले कस्तो बजेट बनाइरहेको छ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १८ गते २०:५९
अर्थ मन्त्रालयले कस्तो बजेट बनाइरहेको छ ? (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ काठमाडौं । अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट बनाउन व्यस्त छ । कोरोना महामारीले अर्थतन्त्रमा ठुलो धक्का दिइरहँदा आउने अबको बजेटले आर्थिक पुनर्उत्थानमा जोड दिने बताइएको छ । अर्थ मन्त्रालयले कस्तो बजेट बनाइरहेको छ ? मन्त्रालयका प्रवक्ता सुमन दाहालसँग कुरा गरेर तयार पारिएको यो रिपोर्ट हेरौं –

संविधान अनुसार जेठ १५ गते नै बजेट ल्याउनु पर्ने बाध्यताका कारण यतिबेला अर्थमन्त्रालमा व्यस्तता बढेको छ । मन्त्रालय कार्यतालिका नै बनाएर बजेट निर्माणमा जुटेको छ ।

बजेटमा प्रस्तावको काम सिध्याएको मन्त्रालयले बजेटमा समावेश गर्ने विकास आयोजनाका बारेमा चैत्र २५ गतेसम्म राष्ट्रिय योजना आयोगसँग छलफल गर्दैछ ।

उद्योगी, व्यवसायी, अर्थविद, बुद्धिजीवीदेखि आम नागरिकबाट आएका सुझावमा चैत २६ देखि बैसाख २० गतेसम्म छलफल गरी बजेटलाई अन्तिम रुप दिने तयारी छ । कोरोना महामारीसँग जुध्दै अर्थतन्त्र पुनर्उत्थान गर्ने बजेट बनाउनुपर्ने मन्त्रालयलाई मुख्य चुनौती छ ।

राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ १५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँको तोकेको छ । चालु आर्थिक वर्षमा पनि विकास खर्च न्युन भएकाले सरकारको क्षमता बढाउनुपर्ने छ । त्यसका लागि मन्त्रालयले केही नयाँ उपाए निकाल्न खोजेको छ ।

अर्थमन्त्रालले बजेटमा आर्थिक पुनर्उत्थानका साथै, रोजगारी सिर्जना, पूर्वाधार निर्माणका ठूला आयोजनाको कार्यान्यवनमा जोड दिने बताएको छ ।

यस्तै कृषि क्षेत्रको बिकासलाई पनि बजेट तर्जुमाको आधार बनाइएको छ । त्यसवाहेक मन्त्रालयले साना तथा घरेलु उद्योगलाई सहुलियत दिने तयारी पनि गरेको छ ।

राष्ट्रिय योजना आयोगले नै आगामी बजेटमा नयाँ आयोजना ल्याउनु भन्दा पुराना आयोजना पुरा गर्ने गरी बजेट विनियोजन गर्न सुझाव दिइसकेको छ । त्यसैले आगामी बजेटमा नयाँ आयोजना र कार्यक्रम कम हुनेछन् ।

विगत लामो समययता विकास वजेट खर्च हुन नसकेकाले नयाँ आयोजना शुरु नगर्ने सरकारको उदेश्य छ । तर खर्च गर्ने क्षमता विकास गर्न नसके पुरानै आयोजना पुरा हुन पनि चुनौतिपूर्ण देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *