समाज

खुवालुङ ढुंगा फुटाउने या सार्ने योजनाबाट पछि हट्यो सरकार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १८ गते २०:४७
खुवालुङ ढुंगा फुटाउने या सार्ने योजनाबाट पछि हट्यो सरकार (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ विराटनगर । उदयपुर, भोजपुर र धनकुटाको सङ्गमस्थल त्रिवेणीमा रहेको ‘खुवालुङ’ ढुङ्गा फुटाउने या सार्ने योजनाबाट सरकार पछि हटेको छ । सप्तकोशी नदीबीचमा रहेको खुवालुङ फुटाउने निर्णयको चर्को विरोध भएपछि सरकार पछि हटेको हो । प्रदेश एकका मुख्यमन्त्रीसहितको टोलीले स्थलगत भ्रमण गरी खुवालुङको संरक्षण गदै धार्मिक पर्यटकीय क्षेत्रका रुफमा विकास गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा खुवालुङ फुटाउने बताएपछि किराँत समुदाय र नागरिक अगुवा आन्दोलित छन् । खुवालुङ फुटाउन नहुने भन्दै चर्को विरोध भएपछि सरकार पछि हटेको छ ।

प्रदेश १ का मुख्यमन्त्रीसहितको टोलीले उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेर खुवालुङ फुटाउनुपर्ने वा सार्नुपर्ने आवश्यकता नरहेको निष्कर्ष निकालेको छ । मुख्यमन्त्री शेरधन राईले खुवालुङ क्षेत्रमा पुगेर अब ढुंगा फुटाउने या सार्ने नभइ यसको संरक्षण गर्ने बताउनुभयो । उहाँले त्रिवेणीलाई धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

नदीको तटीय क्षेत्रको कटान बारे अध्ययन गर्दै आएको ‘डोर वे ईन्टरनेशनल’ को प्राविधिक टोलीले पनि खुवालुङले जल यातायातमा कुनै असर नपुर्‍याउने निष्कर्ष निकालेको छ ।

चतरादेखि दोलालघाटसम्मको २ सय ६४ किलोमिटरमध्ये तत्काल ३० किलोमिटरमा सहजै स्टिमर चल्नसक्ने टोलीले जनाएको छ । हाल चर्चामा रहेको खुवालुङ क्षेत्रमा पनि ‘बोयेन्सी मार्कर’ राखेर जल यातायात सञ्चालन गर्न सकिने डोर वे ईन्टरनेशनलको ठहर छ ।

प्रदेश १ को अरुण, तमोर र दुधकोशी नदीको सङ्गमस्थलमा रहेको खुवालुङ ढुंगा किराँत समुदायको पहिचानसँग जोडिएको छ । ‘खुवालुङ’ फुटाउनुको सट्टा यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने किराँत समूदायको माग छ ।

पछिल्लो समय खुवालुङको संरक्षण गर्नुपर्नेमा एकमत बन्दै गएको छ । चर्को विरोधपछि सरकार पनि खुवालुङ फुटाउन नहुने निष्कर्षमा पुगेको । खुवालुङ को संरक्षण गदै यसलाई धार्मिक,सांस्कृतिक क्षेत्रका रुपमा विकास गर्नेतर्फ प्रदेश सरकारले छिट्टै काम थाल्नु आवस्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *