खेलकूद

विश्वकप छनोट फूटबलमा पोर्चुगलको दोस्रो जित

हिमालय टिभी
२०७७ चैत १८ गते ८:०४
विश्वकप छनोट फूटबलमा पोर्चुगलको दोस्रो जित

१८ चैत २०७७ लक्जमवर्ग । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा पोर्चुगलले दोस्रो जित निकालेको छ ।

समूह ए अन्तर्गत गएराति आफ्नो तेस्रो खेलमा पोर्चुगलले लक्जमवर्गमाथि ३–१ गोलको जित निकालेको हो । घरेलु मैदानमा लक्जमवर्गले ३०औं मिनेटमा जर्सन रोड्रिगुएसको गोलसँगै अग्रता लिएको थियो । तर त्यसपछि पोर्चुगलले लगातार तीन गोल थपेको थियो ।

उसका लागि पहिलो हाफको अतिरिक्त समयमा डिओगो जोटाले गोल गरे । लगत्तै ५० औं मिनेटमा क्रिष्टियानो रोनाल्डो र ८०औं मिनेटमा अलाभेस पाल्हिन्हाले गोल थप्दै पोर्चुगललाई ३–१ को जित दिलाएका थिए ।

यही समूहको अर्को खेलमा सर्बियाले अजरबैजानलाई २–१ गोलले हरायो । यस समूहमा ३ खेलबाट समान ७ अंकसहित पोर्चुगल पहिलो तथा सर्बिया दोस्रो स्थानमा छन् ।

उता समूह ई मा शीर्ष स्थानको बेल्जियमले बेलारुसलाई ८–० र वेल्सले चेक रिपब्लिकलाई १–० गोलले हराए । त्यस्तै समूह जी अन्तर्गत टर्की र लात्भियाले ३–३ को बराबरी खेल्दा नेदरल्याण्ड्सले जिब्राल्टरलाई ७–० र नर्वेले मोन्टेनेग्रोमाथि १–० को जित निकाले ।

समूह एचमा क्रोएसियाले माल्टालाई ३–०, स्लोभाकियाले रसियालाई २–१ र स्लोभेनियाले साइप्रसलाई १० गोलले हराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्