समाज

नौलो अभियान : नागरिकता बनाउनेलाई मासु भातको व्यवस्था (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १८ गते ७:४३
नौलो अभियान : नागरिकता बनाउनेलाई मासु भातको व्यवस्था (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ बाँके । दुर्गम क्षेत्रमा बसोबास गर्ने गरिब तथा बिपन्न समुदायका धेरै नागरिकले सहज रुपमा नागरिकता पाउन सकेका छैनन । उनीहरुले नागरिकता बनाउनकै लागि वडा कार्यालय र प्रशासनमा धाउँदा अनेकौ सास्ती खेप्नु पर्छ । नागरिकलाई सास्ती नहोस भनेर जिल्ला प्रशासन कार्यालय बाँकेले स्थानीय तहसँग मिलेर नौलो अभियान चलाएको छ ।

यो भीड हो जिल्ला प्रशासन कार्यालय बाँकेको । यहाँ एकातिर लाइन छ भने अर्कातिर भोज पनि चलिरहेको छ ।

यो कुनै विहे वर्तवन्धको भोज होइन । उनीहरु आफै आएका पनि होइनन् । प्रशासनले नै घरैमा बस पठाएर ल्याएको हो । बाँके प्रशासनले सेवाग्राही अर्थात नागरिकता बनाउनेलाई अहिले यसरी मासु भात खुवाउन थालेको छ ।

दुर्गम क्षेत्रका गरीव तथा बिपन्न परिवारका सदस्यलाई सहज रुपमा नागरिकता बितरण गर्न जिल्ला प्रशासन कार्यालय बाँके र राप्ती सोनारी गाउँपालिकाले गज्जबको उपाय निकालेका छन । घरमै पुगेर नागरिकलाई ल्याउने र नागरिकता बनाएपछि भोज खुवाएर पठाउने । यो व्यवस्थाले दुर्गम क्षेत्रका नागरिक लाभान्बित भएका छन् ।

प्रशासनका कर्मचारी, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी पहिलो दिन गाउँ मै पुगेर नागरिकता लिनेको बिबरण संकलन गर्छन । वडा कार्यालयबाट सिफारिस र अभिभावकबाट सनाखत गराउँछन । दोस्रो दिन उनीहरुलाई लिन गाउँ मै बस पुग्छ ।

बस चढेर सेवाग्राही नेपालगन्जस्थित प्रशासन कार्यालयमा आउँछन् । नागरिकताको काम सकेपछि मासु भात खान्छन र पुनस् बस चढेर घर फर्कन्छन । दुर्गम क्षेत्रमा बस्ने गरिब तथा बिपन्न नागरिकलाई सहज होस भनेर यस्तो उपाय निकालेको जनप्रतिनिधि बताउँछन् ।

नागरिकता लिने ब्यक्तिलाई प्रशासन कार्यालयसम्म ल्याउने र पुर्‍याउने बस गाउँपालिका र खानाको ब्यबस्था जिल्ला प्रशासन कार्यालयले मिलाएको छ । यस्तो अभियानले सरकार र नागरिकबीच सम्बन्ध प्रगाढ बनाउने प्रशासनको विश्वास छ ।

विशेष गरी तराइ मधेशमा नागरिकताको समस्या धेरै छ । बाँकेमा प्रशासन र स्थानीय तहले सहज रुपमा नागरिकता दिन शुरु गरेको यो नौलो अभियानको अहिले प्रशंसा हुन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *