प्रचण्डलाई ओलीको प्रश्न : एकता गर्ने हो ? अदालतमा मजाक किन ? (भिडियो रिपोर्टसहित)

१७ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड पूनरावलोकनको निवेदन लिएर अदालत गएकोमा प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
रिपोर्टर्स क्लबले काठमाडौंमा आज गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड अदालत गएर मजाक गरेको टिप्पणी गर्नुभयो ।
एकतानै बाँकी नरहेको भन्दै प्रधानमन्त्री ओलीले अलग अलग पार्टी चलाउनु नै ठीक हुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले अदालत पार्टी एकता गर्ने ठाउँ नभएको र नहुने पनि टिप्पणी गर्नुभयो । ओलीले प्रचण्डलाई एकता गर्ने हो त भनेर पनि सोध्नुभयो ।
आफूले राम्रो काम गरेकोले हटाउन खोजिएको प्रधानमन्त्री ओलीले दोहोर्याउनुभयो । सिके राउत, विप्लवको समस्या समाधान गरेको र अहिले तराई मधेशका समस्या गर्न खोजेको भन्दै आफ्ना विरुद्ध जसपा अध्यक्ष महन्थ ठाकुरलाई उचाल्ने काम भैरहेको उहाँले दावी गर्नुभयो ।
कार्यक्रममा जसपा अध्यक्ष ठाकुर पनि सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया