आर्थिक

विदेशबाट फर्कर यसरी गाउँमै बाख्रा पालनमा रमाउँदै गुल्मेली युवा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १७ गते १४:४८
विदेशबाट फर्कर यसरी गाउँमै बाख्रा पालनमा रमाउँदै गुल्मेली युवा (भिडियो रिपोर्टसहित)

१७ चैत २०७७ गुल्मी । वैदेशिक रोजगारीबाट फर्किएका गुल्मीका एक युवाले व्यावसायिक बाख्रा पालन थालेका छन् । धेरै पैसा कमाउने र परिवारलाई सुखले पाल्ने रहर बोकेर युएई पुगेर फर्किएका नारायण गिरीले गाउँमै व्यावसायिक रुपमा बाख्रा पालनसँगै कृषि कर्म गरेर राम्रो आम्दानी गरिरहनु भएको छ ।

गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्लाका नारायण गिरी विदेशबाट फर्केपछि व्यावसायिक बाख्रा पालन र होटल व्यवसायमा रमाउनुभएको छ । विदेशबाट फर्केका पाँच जना युवासँग मिलेर गिरीले कृषिलाई व्यवसाय बनाउनु भएको हो ।

गिरीले शुभ दाजुभाइ कृषि तथा पशुपंक्षी फार्म दर्ता गरी खरी, बोयर र जमुना पारी जातका ६० माउ बाख्रा, किवी परीक्षणका लागि ५० बोट, लसुन खेती, सागसब्जी लगायतका कृषि कर्म गर्नुभएको छ ।

१ सय ५० रोपनी जग्गा भाडामा लिएर ब्रोइलर कुखुरा, लयर्स कुखुरा पालन गरेका गिरीले ७ सय ५० बोट सुन्ताला, ५ सय ५० बोट कागती समेत रोप्नुभएको छ । उहाँको फार्ममा प्रत्यक्ष २ जनाले रोजगारी पाएका छन भने ७ जनाभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

कृषिका लागि सिंचाइ, तालिम र लगानी सुनिश्चितताका लागि अनुदानको व्यवस्था भए सजिलो हुने गिरीको बुझाइ छ । मासिक ३ लाखभन्दा बढीको कारोबार गर्ने गिरी कृषि कर्म र होटल व्यवसायबाट सुन्तुष्ट हुनुहुन्छ ।

भुगोल अनुसारको कृषि क्षेत्रमा किसानको रुची र चाहना अनुसारको योजना दिइरहेको गाउँपालिकाको दाबी छ ।

सरोकारवाला निकायबाट सहयोग पाए व्यवसायलाई जिल्ला कै नमूना व्यवसायको रुपमा विकास गर्ने गिरीको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *