आर्थिक

चितवनमा बेरी संसारको स्ट्रेबेरी खेती, टिकटक बनाउनेको भीड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १७ गते १४:३४
चितवनमा बेरी संसारको स्ट्रेबेरी खेती, टिकटक बनाउनेको भीड (भिडियो रिपोर्टसहित)

१७ चैत २०७७ चितवन । चितवनको भरतपुर ५ समिचोकमा सञ्चालित बेरी संसारले ग्राहकले आफूले चाहेको स्ट्रेबेरी आफैंले टिप्न पाउने सुविधा दिएको छ । जसका कारण अहिले बेरी संसारमा स्ट्रेबरी बगैँचा घुम्ने स्ट्रेबेरी टिप्ने र किन्नेको मात्र हैन फोटो खिच्ने र टिकटक बनाउनेको भीड लागेको छ ।

बेरी संसारले परीक्षणका रुपमा चितवनको समीचोकमा स्ट्रेबेरी खेती गरेको छ । १२ कठ्ठा जग्गामा १५ हजार बिरुवा रोपेर परीक्षणका रुपमा गरिएको खेती फस्टाएको छ । त्यसैले बेरी संसारले स्ट्रबेरी बेच्ने नयाँ शैली अपनाएको छ । शहर बजारमा प्लाष्टिकका साना साना प्याकेटमा किन्न पाइने स्ट्रेबेरी यहाँ भने ग्राहकले आफैंले टिपेर लैजान पाउँछन् ।

फारमबाट ७ सय रुपैयाँ प्रतिकिलोमा स्ट्रेबिरी विक्री भइरहेको छ । बारीमै आएर टिपेर लैजाने ग्राहकका कारण बजार खोज्न भौतारिनु परेको छैन ।

स्ट्रेबेरी आफैंले टिपेर लैजाने ग्राहकले फोटो र भिडियो बनाउँछन् । जसले गर्दा पनि यहाँ ग्राहक बढेका छन् । ग्राहकलाई पनि नौलो अनुभव भएको छ ।

बेरी संसारले काठमाडौं र विराटनगरमा फार्म खोलेर स्ट्रबेरीको खेती गर्दै आएको छ । चितवनपछि पश्चिम नेपालमा यसको परीक्षणात्मक खेती गर्ने योजना छ । स्ट्रबेरी चिसो हावापानीमा फस्टाउने बाली भए पनि जैविक प्रविधि विकासले यसका विभिन्न जातलाई तुलनात्मक रुपमा गर्मी मानिएका ठाउँमा समेत उत्पादन गर्न सम्भव हुने देखिएको छ। सामाजिक सञ्चालले गर्दा यहाँको स्ट्रेबेरीलाई बजारको पनि दुख छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *