खेलकूद

नाओमी ओशाका मायामी ओपन टेनिसको क्वाटरफाइनल प्रवेश

हिमालय टिभी
२०७७ चैत १७ गते ८:४४
नाओमी ओशाका मायामी ओपन टेनिसको क्वाटरफाइनल प्रवेश

१७ चैत २०७७ काठमाडौं । दोस्रो वरियताकी जापानी खेलाडी नाओमी ओशाका मायामी ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।

ओशाकाले १६ औं वरियताकी बेल्जियमकी एलिस मर्टेन्सलाई ६–३ र ६–३ को सेटमा पराजित गरेकी हुन् । उनी पहिलो पटक मायामी ओपनको क्वाटरफाइनलमा पुगेकी हुन् । यसँगै उनको विजयी यात्रा २३ खेलसम्म पुगेको छ ।

उनले अपराजित यात्राको क्रममा युएस ओपन र अष्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन् । क्वाटरफाइनलमा ओशाकाले २३औं वरियताकी ग्रीसकी मारिया सक्कारीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

त्यस्तै यसअघि शीर्ष वरियताकी अष्ट्रेलियन खेलाडी अस्लेइग बार्टीले पनि क्वाटरफाइनल स्थान पक्का पारेकी थिइन् । उनले १४ औं वरियताकी भिक्टोरिया अजरेन्कामाथि ६–१, १–६ र ६२ को सेटमा जित निकालेकी हुन् । बार्टीले क्वाटरफाइनलमा सातौं वरियताकी बेलारुसकी अरिना सबालेंकाको सामना गर्नेछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्