खेलकूद

म्यानचेष्टर सिटीका स्ट्राइकर सर्जियो अग्युरोले क्लब छाड्ने

हिमालय टिभी
२०७७ चैत १७ गते ८:४०
म्यानचेष्टर सिटीका स्ट्राइकर सर्जियो अग्युरोले क्लब छाड्ने

१७ चैत २०७७ काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटीका स्ट्राइकर सर्जियो अग्युरोले क्लब छाड्ने भएका छन् ।

सिजनको अन्त्यसँगै उनले क्लब छोड्ने क्लबले जनाएको हो । अर्जेन्टिनाका अग्युरोको २ बर्षे सम्झौता सिजनको अन्त्यमा समाप्त हुने र सम्झौता नविकरण नहुने क्लबले स्पष्ट पारेको छ ।

३२ वर्षीय अग्युरो सन् २ हजार ११ मा एट्लेटिको मड्रिडबाट सिटी आएका थिए । सिटीकातर्फबाट ३ सय ८४ खेल खेल्दै उनले २ सय ५७ गोल गरिसकेका छन् ।

इतिहाद रंगशालामा हुने विदाईका समारोहमा पूर्व कप्तान भिन्सेन्ट कोम्पेनी र डेभिड सिल्वासँगै उनको प्रतिमा स्थापना गर्दै उनलाई सम्मानित गरिनेछ ।

इंग्लिस प्रिमियर लीगको उपाधि दिलाएका कोम्पेनीले सन् २ हजार २० र सिल्वाले २ हजार १९ मा क्लब छाडेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्