समाज

ई-रिक्सा बढ्दै जाँदा ट्राफिक ब्यवस्थापनमा चुनौती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १७ गते ६:१८
ई-रिक्सा बढ्दै जाँदा ट्राफिक ब्यवस्थापनमा चुनौती (भिडियो रिपोर्टसहित)

१७ चैत २०७७ काठमाडौं । व्यापारिक तथा आर्थिक राजधानीको रुपमा विकास भइरहेको बुटवलमा ट्राफिक जामको समस्या बढ्दै गएको छ । मुख्यत ई–रिक्सा बढ्दै जाँदा ट्राफिक ब्यवस्थापनमा चुनौती थपिएको छ । दुर्घटना पनि बढ्दै गएको छ । बुटवल उपमहानगरपालिकाले कार्यविधि नै बनाएर ई–रिक्साको दर्ता प्रक्रिया शुरु गरेको छ ।

विदेशबाट फर्किएका युवाले ई–रिक्सामा लगानी गर्न थाले र आम्दानीको श्रोत बन्यो । तर ई–रिक्सा थपिँदै जाँदा बुटवलमा ट्राफिक जाम बढ्न थाल्यो । सडक तथा बजार अस्तव्यस्त भयो ।

यसलाई नियमन गर्नको लागि भन्दै बुटवल उपमहानगरपालिकाले कार्यविधि बनाएर ई–रिक्सा दर्ता प्रक्रिया सुरु गरेको छ । डेढ वर्ष अघि कार्यविधि स्वीकृत गरि उपमहानगरपालिका भित्र १ हजार १८ वटा रिक्सा सञ्चालन गर्न दिने र रुट निर्धारण भयो । पहिलो चरणमा ५५० वटा ई–रिक्सा उपमहानगरपालिकाले दर्ता गरिसकेको छ भने अहिले दोश्रो चरणको दर्ता प्रक्रिया शुरु गरेको छ ।

ई–रिक्सा नियमन गर्नको लागि उपमहानगरपालिकाले कार्यविधि बनाएको छ। जसमा बुटवलको स्थायी महिला स्वरोजगार, आफैं सवारी धनी, चालक र लाइसेन्स भएकालाई दर्ता गर्नको लागि पहिलो प्राथमिकतामा राखेको छ ।

्उपमहानगरपालिकामा पहिलो पटक दर्ताको लागि १ हजार १८ र अहिले ८ सय १९ जनाको निवेदन परेको छ । प्राथमिकताका आधारमा छनोट गरि बुटवलमा सञ्चालनको लागि अनुमती दिईने छ । ति रिक्सालाई नगरले आफ्नै नम्बर अनि रुट पनि दिनेछ । ई–रिक्सालाई भित्री सडकमा मात्र सञ्चालन गर्ने गरि रुट निर्धारण गरिएको छ । उपमहानगरपालिकाले ई–रिक्सा दर्ता गरि सञ्चालनको लागि अनुमति दिए पनि स्वरोजगार मजदुरले भन्दा ब्यवासायीले बढि प्राथमिकता पाएको गुनासो छ ।

बुटवलमा अहिले करिब ३ हजार ई–रिक्सा सञ्चालनमा छन । उपमहानगरपालिकाले कार्यविधि नै बनाएर ई–रिक्साको नियमन गर्नु राम्रो पक्ष हो । तर ब्यवसायीक हितमा भन्दा बास्तविक मजदुरहरुको पहिचान गरि स्वरोजगार बन्ने अवसर दिनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *