आर्थिक

पछिल्लो राजनीति देखेर उद्योगी व्यवसायी चिन्तित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १६ गते २०:५९
पछिल्लो राजनीति देखेर उद्योगी व्यवसायी चिन्तित (भिडियो रिपोर्टसहित)

१६ चैत २०७७ काठमाडौं । कोरोनाको मारमा परेको निजी क्षेत्र पछिल्लो समय राजनीतिक अन्योलका कारण निरास छ । लामो समय पछि झण्डै दुईतिहाइ बहुमतको सरकार बन्दा उत्साहित बनेका उद्योगी व्यवसायी पछिल्लो राजनीति देखेर चिन्तित छन् ।

कोरोनाको कारण अर्थतन्त्रमा परेको प्रभाव रहिरहँदा नेपाली राजनीति अस्थिर बनेको छ । जसले गर्दा उद्योगी व्यवसायी र स्वदेशी तथा विदेशी लगानीकर्ता निराश छन् । कोराना संक्रमणका कारण व्यापार व्यवसाय चौपट भएका उनीहरु यो राजनीतिक अस्थिरतामा अब लगानी बढाउने की नबढाउने भनेर दोधारमा छन । एकातिर कोरोनाको असर कस्तो हुने हो एकिन छैन भने अर्को तर्फ राजनीतिक अन्योलताले उनीहरुमा उत्साह छैन ।

तीन वर्षअघिको चुनावबाट झण्डै दुई तिहाई बहुमतसहित केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि अब त राजनीतिक स्थिरता हुने भयो भनेर उद्योगी व्यवसायी उत्साही थिए । तर पछिल्ला राजनीतिक घटनाक्रमले बहुमत प्राप्त सरकार भए पनि केही नहुने रहेछ भन्ने देखिएको छ । जसले गर्दा लगानीकर्तामा निरासा छाएको अर्थविद्को ठम्याइ छ ।

राजनीतिक अस्थिरता बढेका कारण नीतिगत परिवर्तन हुने हो कि भन्ने डर व्यवसायीलाई छ । त्यसैले उनीहरु राजनीतिक अस्थिरताको चेपुवामा परेका छन् ।

पोहोरको लकडाउने परेको असरबाट व्यवसायी अझै मुक्त भएका छैनन् । उनीहरुले सरकारसँग राहतको अपेक्षा गरेका थिए । तर सरकार आर्थिक मुद्दामा भन्दा राजनीतिमा केन्द्रित छ । कोभिडका कारण अर्थतन्त्र धरासायी हुँदा समेत नताहरुको चेत नआएकोमा अर्थविद चिन्तित छन् ।

कोरोनाले विगारेको अर्थतन्त्रको विस्तार र रोजगारी सिर्जनाका लागि तीव्र गतिमा काम गर्नुपर्ने बेला सरकार र राजनीतिक दलको ध्यान अन्तै हुनु दुखद् हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *